काठमाडौं । हुम्ला जिल्लामा शुक्रबार बिहान भूकम्प गएको छ। बिहान ७ बजेर १० मिनेटमा जिल्लाको थेहे आसपास केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस भएको हुन सक्ने अनुमान गरिएको छ। भूकम्पबाट भएको सम्भावित क्षति तथा अन्य विवरण भने हालसम्म प्राप्त भएको छैन।