रात्रिबसमा महिला यात्रुमाथि हातपात र अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

रात्रिबसमा महिला यात्रुमाथि हातपात र अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं । सार्वजनिक रात्रिबसमा यात्रा गरिरहेकी महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार गत कात्तिक १७ गते काठमाडौंँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ख १५६३ नम्बरको रात्रिबसमा सवार महिला यात्रुमाथि तीन जनाले हातपात तथा अभद्र व्यवहार गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कात्तिक १९ गते तीनै जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनाका २१ वर्षीय शमिर विष्ट र २४ वर्षीय अनिल नाथ तथा भीमदत्त नगरपालिका–३ तिलकेनीका २१ वर्षीय जीवन बम रहेका छन्।

प्रहरीले पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा राखी घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

सार्वजनिक यातायातमा महिला यात्रुको सुरक्षा र सम्मानको विषय पुनः उठिरहेका बेला भएको यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply