रुपन्देहीबाट १ हजार २ एम्पुल लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ

रुपन्देहीबाट १ हजार २ एम्पुल लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । रुपन्देहीमा प्रतिबन्धित लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरूको साथबाट १ हजार २ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले मंसिर ३ गते रुपन्देहीको रोहिणी गाउँपालिका–१ सिमरपानीबाट उनीहरूलाई पक्राउ गरेको हो। लागूऔषध खरिद बिक्री भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्ला, सुनौली थाना क्षेत्रका २० वर्षीय प्रदीप केवट र २० वर्षीय कुलदीप सहानी रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन गरी कुल १ हजार २ एम्पुल लागूऔषध, तीन थान मोबाइल र यूपी ५६ एए ५२१० नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply