काठमाडौं उपत्यकामा एकै दिन ७२४ सवारी चालक ट्राफिक कारवाहीमा

काठमाडौं उपत्यकामा एकै दिन ७२४ सवारी चालक ट्राफिक कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७२४ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारवाहीमा परेका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर ४ गते बिहान ६ बजेसम्म गरिएको कारवाहीमा मादक पदार्थ सेवन, तीव्र गति, ट्राफिक बत्ती उल्लंघन, लेन अनुशासन र अन्य नियम मिच्ने चालकहरू परेका हुन्।

कारवाहीमा मादक पदार्थ सेवन गर्ने ५८ जना, सीसीटीभी निगरानीबाट नियम उल्लंघन गर्ने २५ जना, ट्राफिक बत्ती उल्लंघन गर्ने २० जना, तीव्र गतिमा सवारी चलाउने १३२ जना र अनावश्यक हर्न बजाउने ६ जना रहेका छन्।

त्यस्तै लेन अनुशासन उल्लंघन गर्ने २ जना, सवारीको अवस्था ठीक नभएका ६ जना र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने २ जना कारवाहीमा परेका छन्। अन्य कसूरमा ४७३ जना चालकलाई कारवाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले सवारी नियमको पालना गर्न, सडक अनुशासन कायम राख्न तथा दुर्घटना न्यूनीकरणका लागि सचेत भएर सवारी चलाउन चालकहरूलाई आग्रह गरेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply