काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार ४०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले महँगिएको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ र चाँदी ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा दुवै धातुको मूल्य बढेपछि आज सुनचाँदी खरिद गर्ने ग्राहकले बढी रकम खर्चिनुपर्ने भएको छ।