काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ८७५ सवारी चालकलाई २४ घण्टाभित्र कारबाही गरिएको छ।
उपत्यका ट्राफिक प्रहरीका अनुसार २०८३ मंसिर १२ गते बिहान ६ बजेसम्मको अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ९८ जना, तीव्र गतिमा सवारी चलाउने ११४ जना र सिसिटिभीमार्फत पहिचान भएका ३२ जनामाथि कारबाही गरिएको छ।
त्यस्तै, ट्राफिक लाइट उल्लंघन गर्ने २४ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १६ जना, लेन अनुशासन उल्लंघन गर्ने ५ जना, सवारीको अवस्था ठीक नभएका २६ जना र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ५ जना कारबाहीमा परेका छन्। अन्य कसुरमा ५५५ जनामाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
यसरी २४ घण्टामा कुल ८७५ जनामाथि ट्राफिक कारबाही गरिएको हो।