बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच जना घाइते

बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच जना घाइते

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

शुक्रबार साँझ करिब ६:३० बजे पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन्। घाइते हुनेमा अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय चालक नवीन बोहरा तथा बाजुराको जगन्नाथ गाउँपालिका–३ का ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगिता शाही र ५२ वर्षीया रामशरा देवी सिंह रहेका छन्।

घाइतेहरूलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply