Uncategorized

असिनापानीले तरकारी बालीमा रु २५ लाख बढीको क्षति

कञ्चनपुर, १७ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पु¥याएको हो । नगरपालिकाको कृषि सेवा शाखाका अनुसार १२ बिघामा लगाइएको बगर खेतीमा झण्डै रु २५ लाखभन्दा बढीको क्षति भएको छ । वडा नं २, ३, ४ र ११ मा लगाइएको बेमौसमी मकै, बाली, मुङ र केरा खेतीमा क्षति पु¥याएकोे शाखाका प्रमुख वीरबहादुर कुँवरले बताउनुभयो ।
चारवटै बालीमा झण्डै रु सात लाखभन्दा बढीको क्षति भएको पाएका छौँ उहाँले भन्नुभयो, असिना पानीसँगै आएको हावाहुरीले बोट ढालेको र असिनापानीले चुट्दा पूरै बाली नै सखाप हुनाका साथै आँप र लिँचीमा लागेका ९० प्रतिशत दान झारीदिँदा किसान समस्यामा परेका छन् । शुक्लाफाँटाको पिपलाडीका किसान लक्ष्मण चौधरीले असिनापानीले खेतमा लगाइएको गोलभेँडा पूरै फुटालेर कामै नलाग्ने बनाएर नोक्सानी गरेको बताउनुभयो । पाँच कट्ठा जग्गामा लगाइएको गोलभेँडा पाकेर टिप्ने तरखरमै थियौँ उहाँले भन्नुभयो, “टिप्न नपाउँदै पूरै बाली नोक्सान भएको छ । यहाँका व्यावसायिक तरकारी र फलफूल खेतीमा संलग्न किसानले प्राकृतिक प्रकोपले पु¥याएको क्षतिको पूर्ति गरिदिन मागसमेत गरेका छन् ।