भक्तपुर, ९ माघ । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सातवटै प्रदेशका राष्ट्रियसभाका उमेदवारको नामावली टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज मध्याह्नबाट शुरु भएको स्थायी कमिटीको ९६औँ बैठकले नामावली टुङ्ग्याएको एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकले १ नं प्रदेशबाट पाँच, २ नं प्रदेशबाट एक, ३ नं प्रदेशबाट छ र ४ नं प्रदेशबाट चार गरी १६ जनाको नाम टुंगो लगाएको हो । प्रदेश नं १ बाट नैनकला ओझा (महिला) मोरङ, खेम नेपाली (दलित) मोरङ, हरिचरण सिवाकोटी (खुला) झापा, परशुमेघी गुरुङ (खुला) संखुवासभा र अगम बान्तवा (अल्पसंख्यक) इलाम रहनुभएको छ ।
त्यस्तै प्रदेश नं २ बाट सुमन प्याकुरेल (खुला) सप्तरी मात्र रहनु भएको छ भने प्रदेश नं ३ बाट पार्वती रावल (महिला) चितवन, उदया शर्मा (महिला) काठमाडौँ, सिंहबहादुर विक (दलित) सिन्धुपाल्चोक, बलराम बाँस्कोटा (खुला) काठमाडौँ, बेदुराम भुसाल (खुला) काठमाडौँ र रामचन्द्र राई दनुवार (अल्पसंख्यक) मकवानपुर रहनुभएको छ ।
यस्तै प्रदेश नं ४ बाट रामबहादुर थापा (अपांगता) स्याङ्जा, गणेश तिमिल्सिना (खुला) पर्वत, शान्ति अधिकारी (महिला) बागलुङ र दीपा गुरुङ (महिला) लमजुङ रहनु भएको विज्ञप्तिमा उल्लेख छ । यसअघि सोमबार रातिसम्म चलेको बैठकले १३ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको थियो । जसमा ७ नं प्रदेशबाट चार, ५ नं प्रदेशबाट पाँच र ४ नं प्रदेशबाट चार जनाको नाम टुंगो लगाएको थियो । जसअनुसार प्रदेश नं ७ बाट कमला ओली (महिला) कैलाली, इन्दु कडेरिया विष्ट (महिला) कञ्चनपुर, शेरबहादुर कुँवर (खुला) अछाम, चक्रप्रसाद स्नेही (दलित) डडेलधुरा रहनुभएको छ ।
यसैगरी प्रदेश नं ६ बाट कविता बोगटी (महिला) हुम्ला, नन्दा शर्मा (महिला) सुर्खेत, नरपति लोहार (दलित) कालीकोट, भैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोट, ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुमलाई उम्मेदवार बनाएको छ । प्रदेश नं ५ बाट रामलखन हरिजन (दलित) पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला) रुपन्देही, मीना बुढा (महिला) रोल्पा र कोमल वली (महिला) दाङलाई उम्मेदवार बनाइएको छ । माघ २४ गते हुने निर्वाचनमा एमालेले नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरी २९ सदस्यमा उम्मेदवार दिने भएको छ । बैठकले राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउने निर्णयसमेत गरेको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।
Add Comment