Uncategorized

मुलकुको समृद्धि र विकासका लागि दलहरु मिलेर अघि बढनुको विकल्प छैन : पूर्व राष्ट्रपति यादव

काठमाडौं माघ १०, स्व: गजेन्द्र नारायण सिंहको १६ औँ वार्षिक पुण्य तिथिको अवसरमा गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठानद्वारा आज राजधानीमा एक विशेष कार्यक्रमकावीच स्व: सिंहको विचार र वर्तमान राजनिती विषयक विचार गोष्ठीको आयोजना सहित स्व : सिंहप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गरिएको छ । पूर्व राष्ट्रपति डा रामवरण यादवको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा रामवरण यादवले मुलकुको समृद्धि र विकासका लागि दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको जिकिर गर्दै एक समूदायले अर्को समूदायलाइ निषेध गर्ने राजनीतिक संस्कार विद्यमान रहेसम्म नयाँ नेपाल निर्माण गर्न नसकिने जनाउ दिनु भएको छ । साथै उहाँले सम्बोधनको क्रममा हिमाल पहाड र तराइको भावना अनुसार मुलुकलाई अघि बढाउन सकेमात्रै राष्ट्रिय एकतामा थप टेवा पुग्ने बताउँदै स्व: गज्जुवावले मुलुकमा परिवर्तनका लागि गरेको योगदान र तत्तकालीन समयमा उहाँले उठान गर्नु भएको मुद्धाले क्रमस स्थान पाउँदै गएको बताउँनु भयो । कार्यक्रमका अन्य सहभागि वक्ताहरु क्रमस नेपाल सरकारका मन्त्री दिपक वोहरा,  अनुप बराल, नेपालका लागि भारतीय राजदुत मन्जिभ सिंह पुरी, नेपालका लागि बंगलादेशकी राजदुत, पूर्व सभामुख एवम् मानवअधिकावादी नेता दमननाथ ढुङगाना लगायतका वक्ताहरुका साथै गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठनका अध्यक्ष एवम् नव निर्वाचित प्रतिनिधीसभा सदस्य अनिल झाले स्व: सिंहले देखाएको वाटोमा हिंड्नुको विकल्प नभएको बताउँदै राजनीतिमा उहाँले पु¥याउनु भएको योगदानको पनि चर्चा गर्नु भएको थियो ।-फोटो :रजिन शाही