भक्तपुर, । भक्तपुर नगरपालिकाले आज च्याम्हासिंहदेखि जगाती सम्मका आठवटा मासुपसलमा अनुगमनमन गर्दा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको जनाएको छ । बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गएको टोलीले गरेको अनुगमनमा मा अधिकांश मासु पसलमा खसी, कुखुरा र राँगाको मासु छुट्टाछट्टै नराखेको, मासु यत्रतत्र छरिएको, झिंगा भन्किएको, ढक तराजु दुरुस्त नराखिएको, मासुसँगै दाना राखिएको, मूल्य सूची नराखिएको र अव्यवस्थित देखिएको अनुगमन समितिका सदस्य हरिराम सुवालले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा समितिले प्रदीप शाहीको मासुपसल, न्यू भक्तपुर कोल्ड स्टोर, एसएण्ड एसफ्रेस मिट शप, भक्तपुर चिकेन हाउस, केजी कोल्ड स्टोरलाई तीन दिनभित्र पसल दर्ता गर्न र ख्वप कोल्ड स्टोर तथा न्यू माँ भगवती फ्रेस मिट हाउसलाई नवीकरण गर्न निर्देशन दिएको छ ।
समितिले फुटपाथमा मासुजन्य सामान नराख्न, मासु जालीले छोप्न, सेतो एप्रोन लगाउन, मूल्यसूची राख्न, ढक तराजु नापतौल कार्यालयमा नवीकरण गराउन, भित्ता सफा गर्न मिल्ने गरी कार्पेट राख्न, मासु छट्टा छट्टै राखेर बिक्री गर्न अनुगमन समितिले निर्देशन दिएको नगरपालिकाका स्यानिटेशन उपशाखाका वरिष्ट निरीक्षक. रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
Add Comment