काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै माइतीघर मण्डलाबाट निस्किएको ¥याली वानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । झडपमा परी २० जना प्रदर्शनकारी घाइते भएका छन् ।
यस्तै, समाचार संकलनका लागि गएका न्यूज २४ टेलिभिजनका टिभी जर्न्लिष्ट निवेश कुमारलगायत अन्य चार सञ्चारकर्मी समेत झडपमा परि घाइते भएका छन् ।
यस्तै, प्रर्दशनमा उत्रिएका कार्यकर्ताले इन्द्रेणी फुडल्याण्ड नजिकै प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रीको गाडी तोडफोड गर्नुका साथै इन्द्रेणी फुडल्याण्डमा समेत तोडफोड गरेका छन् । तोडफोडका क्रममा रेष्टुरेण्टका झ्यालका सिसा फुटेका छन् ।
Add Comment