Uncategorized

एचआईभी सङ्क्रमित बढ्दै

विदुर । आज सार्वजनिक गरिएको एक तथ्याङ्कअनुसार नुवाकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या महीनैपिच्छे बढ्दै गएको पाइएको छ । एचआईभी सङ्क्रमितको पहिचान, हेरचाह र परामर्शमा क्रियाशील त्रिशुली प्लस संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा दुई हजार ५०० एचआईभी सङ्क्रमित रहेका छन् । जसमध्ये ३८८ जनाले एचआईभी सङ्क्रमण न्यूनीकरणको ‘एआरटी’ नामक औषधि नियमितरुपमा सेवन गरिरहेको संस्थाकी कार्यक्रम संयोजक पूजा भण्डारीले बताउनुभयो ।

एआरटी नामक औषधि नियमितरुपमा सेवन गर्नेमा ३० जना बालबालिका, १७४ महिला, १८४ पुरुष रहेका छन् । तीमध्ये १२१ जनाले जिल्ला अस्पताल त्रिशुलीबाट र अन्यले काठमाडौँबाट सो औषधि निःशुल्क लिई सेवन गरिरहेका छन् । समयमै उचित सावधानी नअपनाउँदा र खराब सङ्गतका कारण एचआईभी सङ्क्रमित बढिरहेको तथ्य फेला परेको त्रिशुली प्लसले जनाएको छ । संस्थाले एचआईभी÷एड्सलाई न्यूनीकरण गरी शून्यमा पु¥याउने लक्ष्य राखेको संयोजक भण्डारी बताउनुभयो ।-रासस