लायन्स क्लब पर्लसिटिद्वारा व्हिलचियर र स्टेस्नरी सहयोग

लायन्स क्लब पर्लसिटिद्वारा व्हिलचियर र स्टेस्नरी सहयोग

दोलखा । लायन्स क्लब अफ काठमाडौ पर्लसिटिले गौरीशंकर गाव पालिका–८ खाराकासरी दोलखामा एक कार्यक्रमको आयोजना सम्पन्नगरि दुई विद्यालयका लगभग एकसय बालबालिहरुलाई कपी, पेन्सिल, ईरेजर, साप्नर वितरण गर्नुका साथै पाँजना असायहरुलाई व्हिलचिएर हस्तानन्तरण गरिएको छ ।
कार्यक्रमको सम्पूर्ण व्यवस्था आयोजक लायन्स क्लब अफ काठमाडौ पर्लसिटिले गरेको थियो । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं पर्लसिटिका प्रसिडेन्ट लायन प्रदिप खनाल, सेक्रेट्रि लायन ध्रुबबहादर कार्की, लायन रितेशकुमार शाह, लायन सुनिल बिष्ट, लायन शंकर अपगाई र लायन सरोज क्षेत्री लगायत क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply