स्पोर्ट-मनोरञ्जन

भारतीय फुटबल टोलीको घोषणा : नेपाल भ्रमणमा कप्तान सुनिल र गुरप्रीत दुवै रहने

काठमाडौं । नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली घोषणा भएको छ । बिहीबार अल इन्डियन फुटबल फेडेरेसन ९एआईएफएफ०ले २५ सदस्यीय टोली घोषणा गरेको हो । नेपाल र भारतबीचको खेल १७ र २० भदौमा दशरथ रंगशालामा हुनेछ ।

यसअघि एएफसी कप छनोटमा रहेका एटिके मोहन बंगान र बैगरुलु एफसीका खेलाडीलाई समेटेर प्रशिक्षक इगोर स्टिम्याकले टोली घोषणा गरेका हुन् ।

एटिके मोहन बंगानका खेलाडी बिहीबार नै कोलकात्ता पुगिसकेका छन् । बैंगरुलुका खेलाडी भने १३ भदौ टोलीमा सामेल हुनेछन् । सुनिल क्षेत्रीको कप्तानीमा रहेको भारतीय टोली ३० अगस्ट ९१४ भदौ० नेपाल आउनेछ । यता, नेपाललेसमेत भारतविरुद्ध खेलको लागि टोली घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय टोली छनोट गरेका थिए ।

भारतीय टोली

गोलरक्षक : गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोइरङथेम, अम्रिन्दर सिंह

डिफेन्डर : राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव देसाई, शुभाशीष बोस, सेरिटन फर्नाण्डेज,

मिडफिल्डर : अनिरुद्ध थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया, विपिन सिंह

स्ट्राइकर : मन्विर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फरुख चौधरी