स्पोर्ट-मनोरञ्जन

सन्नी देवलको हिट फिल्म ‘गद्दर’ को सिक्वेल बन्ने

काठमाडौ‌ । सन्नी देओलको सफल फिल्ममध्येको एक हो ‘गद्दर  एक प्रेम कथा’ । यसै फिल्ममार्फत सन्नीले अवार्ड मात्र जितेनन्, उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आंकडा पनि तय गरे । सन् २००१ जुन १५ मा रिलिज भएको फिल्मको लागत १७ करोड थियो भने यसले दुई सय ५६ करोड बराबरको ग्रस कलेक्सन गरेको थियो । यस हिसाबले पनि बलिउडले सय करोड क्लबमा इन्ट्री गर्ने सपना ‘गद्दर’ बाट पनि पूरा गरेको थियो ।

अनिल शर्माको निर्देशनमा तयार भएको फिल्ममा भारतीय युवा र पाकिस्तानी युवतीको प्रेम कथा देखिएको थियो । फिल्ममा सन्नीको को(स्टार थिइन् अमिशा पटेल । यसै फिल्मको सिक्वेल बन्ने चर्चा पछिल्लो समय सुरु भएको छ । सिक्वेलको कथा पहिलो भागसँगै जोडिएर अगाडि बढ्ने र यसमा पनि सन्नी र अमिशाको लभलाई दर्शकले देख्न पाउने छन् । ुगद्दर’ को कथा सन्नी र अमिशाको प्रेमविना अगाडि बढाउन सकिँदैनु फिल्मका निर्माता नितिनले एक अन्तर्वार्तामा भने । फिल्ममा नयाँ पुस्ता पनि हुनेछन । फिल्मलाई नितिन केनीले निर्माण गर्नेछन् ।