रिजन I, IX, XII XIV द्वारा गर्भाशय र स्तन क्यान्सर जागरूकता कार्यक्रम सम्पन्न

Post Views: 2
रिजन I, IX, XII XIV द्वारा गर्भाशय र स्तन क्यान्सर जागरूकता कार्यक्रम सम्पन्न
ADVERTISEMENT

काठमाडौं । लायन्स अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए २ अन्र्तगतका पाँच रिजन र पाँचै रिजन अन्र्तगत चालीस वटा क्लबको संयुक्त आयोजनामा गर्भाशय र स्तन क्यान्सर जागरूकता कार्यक्रम लायन्स स्वास्थ्य सेवा केन्द्र चाबहिलको सभकक्षमा सम्पन्न भएको छ । डिष्ट्रिक्ट बाल रोग क्यान्सर चीफ लायन विमल होडाको प्रमुख अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा अतिथिको रुपमा प्रर्थ महिला लायन सुमित्रा घिमिरे पाण्डे, पीडिजी लायन मधुकर उपाध्याय, पीडिजी लायन शिवरम प्रधान, जीएल्टी कोआर्डिनेटर लायन रविन्द्र प्रधान, डिष्ट्रिक्ट ओमन एण्ड फेमिलि चीफ लायन प्रणिता बराल र डिष्ट्रि हङ्गर रिलिफ प्रमुख लायन संगिता सिलवालको उपस्थिति रहेको थियो भने प्रमुख वक्तामा वरिष्ठ डा. उत्सव मान श्रेष्ठ र डा. एन्जलिना श्रेष्ट रहेकाका साथै भक्तपुर अस्पतालकि नर्स कल्पना सोखुजुको समउपस्थिति रहेका थियो ।

कार्यक्रमका प्रमुख वक्त डा. उत्सवमान श्रेष्ठले क्यान्स खास गरेर महिलाहरुमा हुने कारणहरु र हुनबाट कसरी जोगिन सकिन्छ र क्यान्सर भएपछि उपचार के कसरी गर्ने भन्नेबारे बताएका थिए । त्यस्तै अर्की वक्ता डा. एन्जलिना श्रेष्ठले सर्भाईकल कक्यान्सर के हो र कसरी हुन सक्छ र त्यसको उपचार, रोकथाम कसरी गर्ने भन्नेबारे बताएकि थिईन । साथै Human papilloma virus (HPV) खोप के हो र महिलाहरुले (HPV) खोप लगाउदा यसकाबाट हुने लाभ र खोप लगाउनुको आवश्यकताका विषयमा स्पष्ट पारेकि थिइन त्यस्तै नर्स कल्पनाले आफैले आफ्नो स्तनमा क्यान्सर भए नभएको कसरी पता लगाउने अथवा शुरुमा के केस्ता सिमटमहरु देखिएमा चिकित्सकको सल्ला लिने भन्ने बारे बताएकि थिईन्न ।

गर्भाशय र स्तन क्यान्सर जागरूकता कार्यक्रमको सञ्चालन रिजन चीयर पर्सन लायन रति श्रेष्ठले गरेकि थीईन भने स्वागत रिजन चीयर पर्सन लायन अम्बीका भट्टराईले गरेकि थिईन ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT