स्पोर्ट-मनोरञ्जन

एएफसी फुटसल एसियन कप छनोट खेल्न नेपाली टोली किर्गिस्तानका लागि प्रस्थान

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोट खेल्ने नेपाली फुटसल टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार फुटसल टोलीलाई बिदाइ गरेको हो । एन्फा अध्यक्ष कर्मा छिरिंग शेर्पा, महासचिव इन्द्रमान तुलाधर लगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन् । छनोटका लागि मुख्य प्रशिक्षक गौरव बस्नेतले १४ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् ।

विदाई कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न आग्रह गर्दै एन्फाले फुटसल खेललाई अब व्यवस्थित गर्दै लैजाने जानकारी दिए ।
किर्गिस्तानमा आयोजना हुने छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।