स्पोर्ट-मनोरञ्जन

वेस्ट इन्डिजले बंगलादेशलाई १० विकेटले पराजित गर्दै सिरिज २–० ले कब्जा

सेन्ट लुसिया । सेन्ट लुसियामा भएको दुई टेष्टको घरेलु शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिजले बंगलादेशलाई १० विकेटले पराजित गर्दै सिरिज २–० ले जितेको छ । वेस्ट इन्डिजले पहिलो टेस्ट ७ विकेटले जितेको थियो । खेलको चौथो दिन अन्तिम इनिङ्समा बंगलादेशले विन्डिजलाई जितका लागि १३ रनको लक्ष्य दिएको थियो, जुन टोलीले कुनै विकेट नगुमाई पुरा गरेको थियो ।

वेस्ट इन्डिजका लागि यस खेलमा जितको नायक काइल मेयर्स थिए, उनले पहिलो इनिङ्समा १४६ रन बनाएर वेस्ट इन्डिजलाई महत्वपूर्ण अग्रता दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी यस सिरिजमा सर्वाधिक रन बनाउने खेलाडी पनि बने । बंगलादेशविरुद्धको यो सिरिजमा उनले ७६.५० को औसतमा १५३ रन बनाएका थिए । उनी म्यान अफ द सिरिजको उपाधि पाए ।