मनोरञ्जन

रोमाञ्चक खेलमा भारत ३ रनले विजयी : वेस्ट इन्डिजले अन्तिम ओभरमा १५ रन बनाउन सकेन

पोर्ट अफस्पेन । तीन खेलको सिरिजको पहिलो खेलमा भारतले वेस्ट इन्डिजलाई ३ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले कप्तान शिखर धवन (९७), शुभमन गिल (६४) र श्रेयस अय्यर (५४) को अर्धशतकको आधारमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०८ रन बनाएको थियो ।

जवाफमा क्यारेबियन टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३०५ रन मात्रै बनाउन सकेको थियो । वेस्ट इन्डिजका लागि काइल मेयर्सले सर्वाधिक ७५ रन बनाए । ब्रान्डन किङले ५४ रन बनाए । भारतका लागि मोहम्मद सिराज, शार्दुल ठाकुर र युजभेन्द्र चहलले २–२ विकेट लिए ।