मनोरञ्जन

बालिउडका सुपर स्टार सन्नी देओल उपचारका लागि अमेरिकामा

मुम्बई, भारत ।  बलिउड अभिनेता तथा भाजपा सांसद सन्नी देओलको स्वास्थ्य अवस्था ठिक छैन । उनको हाल अमेरिकामा उपचार भइरहेको बताइएको छ । सनी देओललाई आफ्नो एउटा फिल्मको सुटिङका क्रममा ढाडमा चोट लागेको बताइएको छ । त्यसपछि उनी अमेरिकामा ढाडमा लागेको चोटको उपचार गराइरहेका छन् । सनी देओलका प्रवक्ताले खबरको पुष्टि गरेका छन् ।

सनी देओलका प्रवक्ताका अनुसार केही हप्ता अघि सुटिङका क्रममा सनी देओलको ढाडमा चोट लागेको थियो । उनको पहिलो उपचार मुम्बईमा भएको थियो र त्यसपछि दुई साताअघि उपचारका लागि अमेरिका गएका थिए । यसै क्रममा राष्ट्रपतिको निर्वाचन पनि भयो र उनी देशमा नभएकाले त्यसमा सहभागी हुन पाएनन् । उनी पूर्ण रुपमा निको भएर भारत फर्किनेछन् । सन्नी देओलले अमेरिका जानुअघि एक साता मुम्बईमा उपचार गराए पनि कुनै फाइदा नभएपछि उनले विदेश जाने निर्णय गरे । चोटका कारण सनी देओलले संसदको मनसुन सत्रमा पनि भाग नलिने भएका छन् । सन्नी देओल पञ्जाबको गुरदासपुरबाट भाजपा सांसद हुन् ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने सनी देओल केही दिन अघि फिल्म ‘चुप’ को सुटिङमा थिए । यसमा उनीसँगै पूजा भट्ट र दुल्कर सलमान मुख्य भूमिकामा छन् । फिल्मलाई आर बाल्कीले निर्देशन गर्दैछन् । यसबाहेक सनी देओल आफ्नो सुपरहिट फिल्म ‘गदर २’ र ‘अपने २’ को सिक्वेलमा पनि काम गरिरहेका छन् । सनी देओलले मलयालम क्राइम थ्रिलर फिल्म ‘जोसेफ’ को सिक्वेल ‘सुरिया’ मा पनि काम गरिरहेका छन् ।