मनोरञ्जन

अगस्ट २१ बाट सुरु हुने एसिया कप क्रिकेटका लागि भारतीय टोली घोषणा

मुम्बई । एसिया कपका लागि १५ सदस्यीय भारतीय क्रिकेट टोलीको घोषणा भएको छ । कप्तानको जिम्मेवारी रोहित शर्मा र उपकप्तान केएल राहुललाई दिइएको छ । वेस्ट इन्डिज भ्रमणमा विश्राम लिएका विराट कोहली टिम इन्डियामा फर्किएका छन् । लगातार चोटका कारण समस्यामा परेका केएल राहुल पनि फिटनेस फर्किएपछि एसिया कपबाट फर्किने भएका छन् । तर, स्ट्राइक बलर जसप्रित बुमराह चोटका कारण एसिया कपबाट बाहिर भएका छन् ।

भारत ७ पटक च्याम्पियन 
भारतीय टोलीले अहिलेसम्म यस प्रतियोगिताको १३ संस्करणमा भाग लिएको छ र सबैभन्दा बढी सात पटक च्याम्पियन बनेको छ । यसबाहेक टोली तीन पटक फाइनलमा पुगेपनि हार बेहोरेको थियो । श्रीलंका दोस्रो स्थानमा छ । श्रीलंकाको टोली पाँच पटक च्याम्पियन र छ पटक उपविजेता बनेको छ । पाकिस्तानले यो उपाधि दुई पटक जितेको छ ।

गस्ट २१ देखि छनोट खेल हुने
एसिया कपको छनोट खेल अगस्ट २१ बाट सुरु हुनेछ । जसमा युएई, ओमान, नेपाल, हङकङ लगायतका टिमहरु अवतरण गर्नेछन् । यी मध्ये एउटा टोली मुख्य ड्रमा पुग्ने छ । भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश यसअघि नै मुख्य ड्रमा परेका छन् । पछिल्लो पटक सन् २०१८ मा यूएईमा एसिया कपका खेलहरू सम्पन्न भएका थिए ।

यसपटकको प्रतियोगिता टी–२० ढाँचामा हुने
यसपटक एसिया कपका खेलहरू टी–२० ढाँचामा खेलाइनेछन् । यसअघि यो एकदिवसीय ढाँचामा खेलिन्थ्यो । यो पहिलो पटक २०१६ मा टी–२० ढाँचामा आयोजना गरिएको थियो । त्यसपछि फाइनलमा भारतले बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो ।

एसिया कपका लागि भारतीय टोली – रोहित शर्मा, केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, दीपक हुडा, दिनेश कार्तिक, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, आर अश्विन, युजवेन्द्र चहल, रवि बिश्नोई, भुवनेश्वर कुमार, अर्शदीप सिंह र एम. । अक्षर पटेल, दीपक चाहर र श्रेयस अय्यर स्ट्यान्डबाई खेलाडी हुन् ।