मनोरञ्जन

टीम इन्डियाले जित्यो लगातार चौथो एकदिवसीय शृंखला : दोस्रो खेलमा जिम्बाब्वे ५ विकेटले पराजित

हरारे । जिम्बाब्वे विरुद्धको तीन खेलको सिरिजको दोस्रो खेलमा टिम इन्डियाले ५ विकेटले जित हात पारेको छ । योसँगै भारतीय टोलीले सिरिजमा २–० को अग्रता लिएको छ । बलरको उत्कृष्ट प्रदर्शनका कारण भारतले जिम्बावेलाई ३८.१ ओभरमा १६१ रनमा अलआउट गरेको थियो । शार्दुल ठाकुरले ३ विकेट लिए । त्यसपछि सन्जु सामसनको (४३) रनको आधारमा भारतले जित हात पारेको हो । योसँगै धवन र शुभमन गिल दुवैको ब्याटबाट ३३–३३ रन आयो । जिम्बाब्वेका लागि लुक जोङवेले सर्वाधिक २ विकेट लिए ।