मुख्य समाचार

नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष दानबहादुरचौधरी नेकपा एमालेमा प्रवेश

काठमाडा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुरचौधरी नेकपा एमालेमा प्रवेश गरेकाछन् । उपेन्द्र यादव नेतृत्वको जसपाबाट विद्रोह गरेर नेपाल समाजवादी पार्टीको संस्थापकउपाध्यक्ष बनेका चौधरी यो पार्टीमा रहेर कुनै उपलब्धि नहुने भन्ने निष्कर्षसहित एमाले प्रवेश गरेका हुन ।

चौधरीलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौधरीसहित नेसपाका लुम्बिनीका नेताहरू पार्टीमा स्वागत गरे । २०५६ सालमा एमालेबाट कपिलवस्तु २ को सांसद निर्वाचित चौधरी मधेस आन्दोलनसँगै तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भएरचुनाव लडेका थियो । उनि यसबीचमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री समेत बनेका थिए ।  साथै चौधरीसंगै दाङको बंगलाचुली गाउँपालिकाका पूर्व उपाध्यक्ष यमुना थापा मगर पनिमाओवादी त्यागेर एमालेमा प्रवेश गरे ।