प्रधानमन्त्रीले मन्त्रालय बढाउने भन्ने हल्ला मात्रै त्यसमा सत्यता छैन

Post Views: 1
प्रधानमन्त्रीले मन्त्रालय बढाउने भन्ने हल्ला मात्रै त्यसमा सत्यता छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालय बढाउने कुनै तयारी नभएको बताएका छन्। सञ्चारमाध्यममा सत्तागठबन्धनका दलहरूलाई भाग पुर्याउन मन्त्रालय फुटाएर बढाउन लागिएको खबरहरू आइरहेका वेला प्रधानमन्त्री प्रचण्डले हल्लाहरूको खण्डन गरेका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताएका छन्।

प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालले आयोजना गरेको दायित्व विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष तिमिल्सिनाले मन्त्रालय बढाउने भन्ने विषयमा सोमबार प्रधानमन्त्रीलाई फोन गरेर चासो राखेको बताए। मिडियामा मन्त्रालय बढाउने तयारी भएको खबरपछि मैले प्रधानमन्त्रीलाई चिन्ता जाहेर गर्दै फोन गरेको थिएँ। प्रधानमन्त्रीले हुँदै होइन, यस्तो कुर नभएको बताए ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *