मुख्य समाचार

प्रधानमन्त्री दाहालको पक्षमा २६८ सांसदलले मतदान गरे

काठमाडौं । प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि निर्णय गर्न आज बसेको प्रतिनिधिसभाको बैठकमा दाहाललाई २६८ सांसद्ले विश्वासको मत प्रदान गरे । प्रतिनिधिसभामा २७५ सदस्य छन् । आज दुई सय ७० सांसद उपस्थित थिए । प्रस्तावको विपक्षमा दुई मत पर्यो ।

दाहाललाई कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपाले विश्वासको मत दियो । यस्तै, प्रतिनिधिसभामा रहेका स्वतन्त्र सांसद्हरू प्रभु साह, डा. अमरेशकुमार सिंहले पनि मत दिए ।
राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त हुँदा दाहालले सात राजनीतिक दल र दुई स्वतन्त्र गरी १६९ सांसदको समर्थन प्राप्त गरेका थिए । प्रधानमन्त्रीमा समर्थन नगर्ने दलहरुमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् ।