मनोरञ्जन

भारतद्वारा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै सिरिजमा २–० ले अग्रता

रायपुर । बलरको उत्कृष्ट प्रदर्शन र रोहित शर्माको अर्धशतकीय इनिङ्सको आधारमा भारतले न्यूजिल्याण्डविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल ८ विकेटले जितेको छ । योसँगै भारतले ३ खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । सिरिजको अन्तिम खेल २४ जनवरीमा इन्दौरमा हुनेछ ।

रायपुरको शहीद वीर नारायण सिंह रंगशालामा भारतले टस जितेर बलिङ रोजेको हो । टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डको टोली ३४.३ ओभरमा १०८ रनमा अलआउट भएको थियो । न्यूजिल्याण्डको तर्फबाट ग्लेन फिलिप्सले सर्वाधिक ३६ रन बनाए । मिचेल सान्टनरले २७ र गत खेलका सेन्चुरियन माइकल ब्रेसवेलले २२ रन बनाए । किवी टोलीका ८ ब्याट्सम्यानले १० रनको अंक पनि छुन सकेनन् । भारतका लागि शमीले सर्वाधिक ३ विकेट लिए । हार्दिक पाण्ड्या र वासिङ्टन सुन्दरले २–२ विकेट लिए । मोहम्मद सिराज, शार्दुल ठाकुर र कुलदीप यादवले एक–एक विकेट लिए ।

जवाफमा भारतले २० ओभरमा २ विकेट गुमाउदै जितका लागि आवश्यक रन बनाएको थियो । कप्तान रोहित शर्मा ५१ रन रोहितले शुभमन गिलसँग ८६ बलमा ७२ रनको ओपनिङ साझेदारी गरे । पछिल्लो ५ इनिङ्समा दुवैले चौथो पटक ५०+ साझेदारी गरेका थिए ।