मुख्य समाचार

प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गम्भीर गल्ती हो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर पार्टीले गमभीर गल्ती गरेको बताएका छन् । बत्तीसपुतलीमा बसेको बैठकमा कोइरालाले पार्टीको कार्यसम्पादन समितिको बैठकमा आफूहरुले मत दिनुहुन्न भनेपनि बहुमतले पारित भएको बताए । हामीले कार्यसम्पादन समितिको बैठकमा दाहाललाई विश्वासको मत दिनुहुन्न । कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ भन्यो तर बहुमतले निर्णय गरेपछि बाध्य भएर विश्वासको मत दिनुर्यो, बैठकमा कोइरालाको भनाई उधृत गर्दै सहभागीले भने ।

कोइरालाले राष्ट्रपतिको विषयमा प्रधानमन्त्री दाहाल सकारात्मक भएपनि अब त्यो पद कांग्रेसबाट फुत्किएको बताए । दाहाल कांग्रेसप्रति सकरात्मक रहेपनि सत्ता साझेदार दलहरु कांग्रेसप्रति सकरात्मक छैनन । तसर्थ राष्ट्रपति कांग्रेसलाई दिने विषय अब दाहालको हातमा छैन । हामीले दाहाललाई विश्वासको मत दिएको कुनै अर्थ रहेन । कोइरालाले अब विषयमा कांग्रेसको केन्द्रीय समिति बैठकमा छलफल गरिने बताए । १५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा के एजेण्डा लैजाने भन्ने विषय र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको र बैठकमा सहभागीहरुले सामूहिक धारणा बनाएर अगाडि बढ्न सुझाव दिएका छन् ।