धर्म/संस्कृति

सन् २०२३ को पहिलो सूर्यग्रहण : कुन राशिका लागि अशुभ ?

वर्षको पहिलो सूर्यग्रहण २० अप्रिलमा लाग्नेछ । यस सूर्यग्रहणको समय बिहान ७ः४५ देखि दिउँसो १२ः२९ सम्म रहेको बताइएको छ । तर, भारत र नेपालमा यो सूर्यग्रहण देखिने छैन, यो सूर्यग्रहणमा सुतक अवधि पनि भनिएको छ जुन सूर्यग्रहण भन्दा अघि नै सुरु हुनेछ र जसको समय १२ घण्टा हुनेछ । भारत र नेपालमा सूर्यग्रहण देखिने छैन, जसका कारण सुतक अवधि हुनेछैन । सूर्यग्रहणको असर अष्ट्रेलिया, फिलिपिन्स, न्युजिल्याण्ड र दक्षिण महासागरमा पर्ने स्थानहरुमा पर्नेछ ।

ज्योतिषीहरूका अनुसार यस वर्षको पहिलो सूर्यग्रहणले केही राशिहरूलाई असर गर्न सक्छ । यस दिन सूर्य भगवान आफ्नो उच्च राशि मेष राशिमा हुने भएकाले सूर्यग्रहणले मेष राशिमा विशेष प्रभाव पार्ने विश्वास गरिन्छ । यस राशिका व्यक्तिको करियरमा अन्योलको स्थिति आउन सक्छ र सूर्यग्रहणले पनि यस राशिका व्यक्तिहरूलाई प्रतिकूल प्रभाव पार्न सक्छ । सिंह राशीमा पनि सूर्यग्रहणको प्रभाव पर्न सक्छ, शिक्षा र करियरको क्षेत्रमा उतारचढाव आउन सक्छ र भइरहेका काममा अड्किने संकेत देखिन्छ ।