समाचार

तात्कालीन नेकपा अदालतले नभई माधव नेपाल र दाहालले फुटाएका हुन : अध्यक्ष ओली

बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तात्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधव नेपालले फुटाएको बताएका छन् । एमाले कोशी प्रदेश कमिटीको सुरु भएको प्रथम अधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले एक भएको कम्युनिस्ट पार्टी फुटाउन माधव नेपाल र दाहाल लागेको तथ्य ओलीले आज खोलेका छन् । ‘तात्कालीन नेकपा अदालतले नभई माधव नेपाल र दाहालले फुटाएका हुन,’ अध्यक्ष ओलीले भने ।

एमालेले सुरु गरेको समृद्धि र विकासको अभियानबाट आत्तिएकाहरुले एमालेविरुद्ध अनेक षडयन्त्र गरेका ओलीको भनाइ छ । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले तीन वर्षमा गरेको विकासमा काम देखेर विश्व चकित परेको बताए । एमालेले बालबालिका युवा, महिला, ज्येष्ठ नागरिक सबै हितमा काम गरेको उनको भनाई थियो ।

नेपाल प्राकृतिक र सांस्कृतिक हिसाबले निकै अघि भएर पनि कोशी प्रदेश विकासमा अघि बढ्न नसकेको बताउँदै ओलीले अब त्यो अभिभारा पूरा गर्ने बताए । कोशी प्रदेशको विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको पनि उनको भनाइ छ । आफ्नो सम्बोधनको क्रममा उनले गठबन्धनका कारण देश बरबादीतर्फ उन्मुख भएको दोहोर्याए । उनले अहिले एमालेको सरकारमा जाने र सरकार बनाउने कुनै योजना रहेको पनि उनले प्रष्ट पारे । एमाले मिसन २०८४ मा लागेको बताउँदै अध्यक्ष ओलीले २०८४ मा एमाले बहुमतको सरकार बनाउने ठोकुवा समेत गरे । –ईहेराल्डपोस्ट न्यूजडेस्क/फोटो : सोशलमिडियाबाट