धर्म/संस्कृति

९० सालको भूकम्पपछि हराएको ‘ग्वलः दे फल्चा’ को पुनरुत्थान सुरु

काठमाडौँ । वि. सं. १९९० सालको भूकम्पपछि हराएको जय वागेश्वरी नवाली टोलको ‘ग्वलः दे फल्चा’ खोजेर काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले पुनरुत्थानको काम सुरु गरेको छ । फल्चा पुननिर्माण गर्न आज वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जग पूजा तथा शिलान्यास गरेका छन् ।

‘घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र करिब ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चा पुनरुत्थान गर्ने निर्णय गरेका हौँ । शिलापत्रमा फल्चाको निर्माण नेपाल संवत् ८२० मा र पुनःनिर्माण ८७३ मा भएको उल्लेख छ । यसअनुसार फल्चा करिब ३२४ पुरानो हो ।’ संगतले भने, ‘स्थानीय पाका मानिसहरुका अनुसार ९० सालको भूकम्पपछि फल्चा हराएको थियो ।’

पशुपति क्षेत्रलाई पहिले ग्वलः दे (ग्वल देश) भनिन्थ्यो । त्यही नामबाट फल्चाको नाम भएबाट यसको प्राचीनता बुझ्न सकिन्छ । फल्चा पुनरुत्थानका लागि वडाले करिब १५ लाख रुपैयाँ खर्च गर्नेछ । फल्चा १४ फिट लम्बाइ र साढ ६ फिट चौडाइको हुनेछ ।