अन्तराष्ट्रिय

अमेरिकाले पाकिस्तानी मिसाइल कार्यक्रममा लगायो प्रतिबन्ध : प्रमाण देखाउनुपर्थ्यो -इस्लामाबाद

इस्लामाबाद । अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रममा प्रतिबन्ध लगाउने घोषणा गरेपछि शाहबाज सरकार त्रसित बनेको छ । पाकिस्तानी विदेश कार्यालयले अमेरिकाले प्रतिबन्ध लगाउनुअघि प्रमाण देखाउनुपर्ने बताएको छ । यसअघि पनि आशंकाका आधारमा प्रतिबन्ध लगाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रमसँग सम्बन्धित व्यावसायिक संस्थाहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अमेरिकाको यो निर्णयबाट पाकिस्तान आक्रोशित भएको छ । पाकिस्तानी विदेश कार्यालयले शनिबार अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ । विदेश कार्यालयका प्रवक्ता मुमताज जाहरा बलोचले भनिन्, “पाकिस्तानको ब्यालिस्टिक मिसाइल कार्यक्रमसँग जोडिएको आरोपमा व्यावसायिक संस्थाहरूको यस्तो सूचीकरण कुनै प्रमाण बिना नै यसअघि पनि भएको छ ।

उनले पाकिस्तानलाई पछिल्लो अमेरिकी कदमको विवरणबारे जानकारी नभएको बताए । उनले विगतमा शंकाका आधारमा मात्र सूचीकरण भएको वा कुनै नियन्त्रण सूचीमा नरहेको तर प्रावधान अनुसार संवेदनशील मानिएको अवस्थामा पनि सूचीकरण गरिएको धेरै घटनाहरु भेटिएको बताए । प्रवक्ताले भने कि इस्लामाबादले बारम्बार यस्ता वस्तुहरूको वैध नागरिक व्यावसायिक प्रयोग भएको बताएको छ । “त्यसैले, निर्यात नियन्त्रणको स्वेच्छाचारी प्रयोगबाट बच्न महत्त्वपूर्ण छ ।“

उनले सामाजिक–आर्थिक विकासका लागि प्रविधिको पहुँच सुनिश्चित गर्न उद्देश्यपूर्ण संयन्त्रका लागि सम्बन्धित पक्षबीच छलफल आवश्यक रहेको बताए । निर्यात नियन्त्रणको भेदभावपूर्ण प्रयोगबाट वैध व्यावसायिक प्रयोगकर्ताहरूलाई हानि नहोस् भनेर अन्तिम–प्रयोग र अन्तिम–प्रयोगकर्ता प्रमाणिकरण संयन्त्रहरू छलफल गर्न पाकिस्तान सधैं तयार छ ।