समाचार

देउवा निवासमा दुई नेताबीच शुक्रबार हुने मतदान र सरकार गठनबारे छलफल

काठमाडौं, असार २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर दुई दलले नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) नेकपा एमालेले नयाँ गठबन्धन सरकार गठनका लागि भावी रणनीति तय गर्ने उद्देश्यले दुई नेताबीचको भेटवार्ता भएको हो । देउवा निवास बूढानीलकण्ठमा भएको दुई घण्टा लामो वार्तामा दुई नेताबीच ओली नेतृत्वको नयाँ गठबन्धनको पक्षमा हस्ताक्षर जुटाउने र राष्ट्रपतिलाई हस्तान्तरण गर्नेलगायतका विषयमा छलफल भएको छ ।

स्रोतका अनुसार शुक्रबारको मतदानअघि नेकपा एमालेले आफ्ना सांसदहरुलाई प्रधानमन्त्री दाहालको विरोधमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको छ ।