विविध

लायन अधिकारीको नेतृत्वमा लायन्स क्लब अफ काठमाडौं रुद्रमती चार्टर कार्यक्रम सम्पन्न

काठमाडौं, असोज ५ । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्र्तगत रहेको लायन्स क्लब अफ काठमाडौं अन्नपूर्ण योगाले लायन्स क्लब फेलोशिपको सहयोगमा नया क्लब लायन्स क्लब अफ काठमाडौं रुद्रमती नामक क्लबलाई स्पोन्सर गरी चार्टर गरेको छ ।

चार्टरर्ड लायन्स क्लब अफ काठमाडौं रुद्रमतीका चार्टर प्रसिडेन्ट लायन रामहरी अधिकारीको नेतृत्वमा पधाधिकारी सहित २० जना लायन सदस्यहरुलाई लायन्स अन्र्तराष्ट्रियको मुल्य मान्यता र पद्धति अनुसार डिष्ट्रिक्ट गर्भनर लायन शंकर शारडाद्वारा दिईएको जिम्मेवारी वहन गर्दै लायन्स ब्लड बैंकका अध्यक्ष पीडिजी रुद्रहरी ज्ञावलीले शपथ तथा पद स्थापना गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका स्वास्थ्यमन्त्री, डिष्ट्रिक्ट ३२५ एफ का गर्भनर, पीएमसीसी, आईपीडिजी, भीडिजी, मल्टिपल एडमिनिस्ट्रटर, डिष्ट्रिक्ट ट्रेजरर, अग्रज लायन लिडरहरुका साथै विभिन्न क्लबका पदाधिकारीहरुको समउपस्थितिमा सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा रुद्रमती क्लबको चार्टर प्रजिन्टेशन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।