सैलुङमा एरी अलेक्जा क्यामराले खिचिएको म्युजिक भिडियो ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक

Post Views: 2
सैलुङमा एरी अलेक्जा क्यामराले खिचिएको म्युजिक भिडियो ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक
ADVERTISEMENT

काठमाडौं, असोज ९ । निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर लोमशले वनस्थलीस्थित डिलाईट फुड कोर्टमा आज आफु अभिनित तथा निर्देशित नयाँ गीत सार्वजनिक गरेका हुन । कार्यक्रममा उनले आफ्नो जन्मदिनको केक समेत काटेका थिए ।

बुधवार लोमश शर्माको आधिकारिक युटउब च्यानल ‘लोमश शर्मा’ बाट सार्वजनिक गरिएको गीतमा अहिलेकी चर्चित गायिका शान्ती श्री परियार र गायक प्रल्हाद सुवेदीको स्वर छ । गीतको भिडियोमा भने लोमश शर्मासँगै अभिनेत्री रुविना थापा, कलाकार जुना विश्वकर्मा र नव–कलाकार प्रमोद पौडेल फिर्चड छन । प्रमोदले यसै गीतबाट कलाकारिता क्षेत्रमा डेब्यु गरेका हुन । डेब्यु भए तापनि उनले भिडियोमा तारिफयोग्य काम गरेका छन। भिडियोमा लोमश, रुविना र जुनाको काम पर्फेक्ट छ ।

लोक भाकामा बनेको गीतको भिडियोमा दुई जोडी (रुविना–लोमश र जुना–प्रमोद) को प्रेम देखाईएको छ। गीत अर्गानिक र सुमधुर छ भने भिडियो ए–वान बनेको छ। भिडियोमा चारै जना कलाकारको प्रेम र रोमान्ससँगै मेहेनत झल्किन्छ । भिडियोमा रमणीय दृश्यहरु कैद गरिएको छ। उक्त दृश्यहरु सैलुङको हो। रोचकको कुरा के हो भने, सैलुङमा खिचिएको यो पहिलो म्युजिक भिडियो हो। यसअघि कसैले पनि सैलुङको सुन्दरतालाई क्यामरामा कैद गरेका थिएनन जुन यस भिडियोमार्फत लोमशले गरेका छन। भिडियोमा एरी अलेक्जा क्यामराको प्रयोग गरिएको छ। नेपालमा हत्तपत्त एरी क्यामराको प्रयोग गरिदैन। नेपालमा एरी क्यामराबाट खिचेको पनि यो पहिलो भिडियो हो। यसैबाट पनि लोमशले यो भिडियोका लागी कति मेहेनत गरेका छन भन्ने दर्सिन्छ।

गीतमा शब्द र संगीत प्रल्हाद सुवेदीले भरेका छन। विनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन मनोज कार्की र कलरिङ राजेन्द्र मोक्तानले गरेका हुन। भिडियोको निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक लोमश शर्माले स्वयंमले गरेका छन । यो गीतलाई पनि दर्शकले मन पराउने र पहिलाका गीतहरुलाई झैँ दर्शकले साथ र माया दिनेमा शर्मा विश्वस्त छन।

भिडियोको बजेट १० लाख रहेको लोमशको भनाइ छ। कार्यक्रममा बोल्दै उनले भने,‘गरेको कामहरुमा कुनै पनि कम्प्रमाइज नगरौँ भन्ने हाम्रो सोच हो। त्यसैले १० लाखको बजेटमा एउटा म्युजिक भिडियो बनाएका छौ। सैलुङमा गएर एरी क्यामराले खिचेका छौ। दर्शकले माया गर्दिनुहुन्छ भने क्वालिटीमा कुनै घटबढ गर्दैनौ। दर्शक नै हाम्रो लागी भगवान हुन।’

कबिराज गहतराजले कोरीयोग्राफी गरेको गीतमा खडक बाजुरालीको मिक्सिङ तथा मास्टरिङ र दुर्गा पौडेलको सिनेमाटोग्राफी छ। अग्नी थापा र दिपेन्द्र पण्डितले मिलेर निर्माण गरको गीतको भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन। कलाकारले झैँ उनले पनि यो भिडियोमा आफ्नो ज्यान भरेका छन। पौडेलले यो भिडियोलाई३ दिन लगाएर खिचेर छन।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT