विविध

महानगर सहकारी प्रवर्धन कोषमा रकम जम्मा गर्ने सम्बन्धी सूचना

काठमाडौं, असोज १४ । काठमाडौँ महानगरपालिका कार्य क्षेत्रभित्र रहेका सहकारी संस्थाहरूको प्रवर्धन तथा संस्थागत विकासका लागि काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा (४९) को उपदफा (१) र सहकारी नियमावली, २०८० को नियम (१८) उपनियम (१) अनुसार संस्थाले सहकारी व्यवसायको प्रवर्धन गर्नका लागि ऐनको दफा (४७) बमोजिम जगेडा कोषमा सोही दफाको उपदफा (२) को खण्ड (क) बमोजिमको रकम छुट्याई बाँकी रहेको रकमको शून्य दशमलव पाँच प्रतिशत (जगेडा कोषको) ले हुन आउने रकम महानगर सहकारी प्रवर्धन कोषमा वार्षिक रूपमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

यो व्यवस्था कार्यान्वयन भएकोले महानगर सहकारी प्रवर्धन कोषको खाता नं. ००१४१५०१०७७२६००२ (एन आई सी एशिया बैंक लि.) मा ऐ. ऐन र नियमावलीले तोकिए बमोजिम रकम जम्मा गर्नुहुन सम्पूर्ण सहकारी संस्थाहरूलाई जानकारी गराइन्छ ।