Home » Sample Page »  मृत्यु दर्ताको प्रमाण सहीत कृयापुत्रीकोघरमा वडाअध्यक्ष
विविध

 मृत्यु दर्ताको प्रमाण सहीत कृयापुत्रीकोघरमा वडाअध्यक्ष

सिन्धुपाल्चोक, कार्तिक १४ सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकढी नगरपालिका वडा नं १० का वडा अध्यक्ष निल बहादुर तामाङ(सुमन) ले आफ्नो वडाका नागरिकको मृत्यु भएको खण्डमा श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिबारमा समबेदना दिन घरघर जाने क्रममा मृत्यु दर्ताको प्रमाण पत्र समेत घरैमा गएर दिन शुरु गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० का रेशम बहादुर खड्का, रेल बहादुर खड्का र रामशरण खड्काको माता को कार्तीक १० गते निधन भएको थियो । यसरी दुख परेको बेलामा घरघरमा आएर मृत्यु दर्ता प्रमाण पत्र समेत दिने कामको शुरुवात भएकोमा वडाअध्यक्षले राम्रोकामको शुरुवात गरेको बताउदै कृयापुत्री रेशम खड्काले जे हुन थियो भयो तर हामीलाइ वडाबाट पाउँन पर्ने सुबिधा घरमा नै आएर दिएकोमा वडाअध्यक्षको उक्त कार्यको प्रशंसा गरे ।