विविध

उप निर्बाचनमा नेपाल परिवार दलद्वारा नेकपा एमालेका उम्मेदवारलाई समर्थन

काठमाडौ, मंसिर १ । नेपाल परिवार दलले यहि मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि  नेकपा एमालेका सक्षम उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । ढकालले सुर्य चिन्हमा मतदान गरि नेकपा एमालेका उम्मेदवारहरुलाई अत्यधिक मतले बिजयी गराऊन नेपाल परिवार दलले आफ्ना सदस्य, सुभेच्छुक तथा आम मतदातामा हार्दिक आवहान समेत गरेका छन् ।