यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङको गीतीसंग्रह बिमोचन

Post Views: 1
यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङको गीतीसंग्रह बिमोचन
ADVERTISEMENT

काठमाण्डौं । वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ भव्य सभ्यरुपमा सार्वजनिक भएको छ । काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा भव्य कार्यक्रमविच उनको पुस्तक लोकार्पण भएको हो । यो भन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’सार्वजनिक भैसकेको छ ।

कार्यक्रममा विशेष अतिथिहरु वरिष्ठ गीतकार पुर्वमन्त्री एस.पि.कोइराला,वरिष्ठ गीतकार गीतकार संघ पुर्व अध्यक्ष चुडामणिा देवकोटा,वरिष्ठ गीतकार अमर बान्तु,वरिष्ठ सास्कृतिक विद भक्त राई,माननीय हेमराज राई,वरिष्ठ गीतकार श्रवण मुकारुङ, वरिष्ठ गायक दिलेन्द्र मुकारुङ,वरिष्ठ गीतकार शितल कादम्बिनी, चर्चित कवि गीतकार चन्द्र रानाहोङछा, चर्चित गीतकार बिपिन किरण लगायत रहेका थिए ।
करिब साढे तीन दशकको साहित्यिक यात्राको क्रममा गीतकार संघ पुर्व अध्यक्ष समेत रहेका वरिष्ठ गीतकार मुकारुङले ल्याएको यो गीति संग्रह जीवन यापन, लोक सन्दर्भमा रहेको छ । लोकार्पण दिन श्रस्टा मुकारुङ्को छोरा रियोङ हाङ मुकारुङको पनि संयोगले जन्मदिन रहेको छ ।
कार्यक्रममा पुस्तकबारे बोल्ने क्रममा विशेष अतिथि रहेका गीतकार संघ पुर्ब अध्यक्ष तथा वरिष्ठ गीतकार चुडामणिा देवकोटाले ‘शुभ मुकारुङ चिनाइ रहनुपर्ने नाम होइन, नातिकाजिले समेत उहाँको शब्दमा संगीत गरेका छन् । उनको यो दोस्रो पुस्तक अवर्णनिय छ । गीतकार संघ आज यो उचाइमा आउनु पनि उहाँको ठूलो हात छ।लेखन यात्रामा बधाइ सहित अझ शुभकामना’ भने ।

यसैगरी, बोल्ने क्रममै वरिष्ठ गीतकार अमर बान्तुले ‘गीतकार शुभ मुकारुङ र म मा उमेरले म जेठो हु, तर,सिर्जनाको हिसाबले म भन्दा जेठा हुन । मैले उनो सिर्जनाबारे मैले बोल्ने हैसियत छैन । तर, उनको एउटा भनाइ म कुनै श्रश्टादेखि प्रभावित भएर लेख्दिन आफै लेख्छु भन्ने कुरादेखि म प्रभावित भए।आज यसरी नै उनको आफ्नै क्षमताको सिर्जना निश्चित छ ।’ भन्दै बधाइ शुभकामना व्यक्त गरे ।

त्यसैगरी, अर्का वक्ता वरिष्ठ सास्कृतिक विद भक्त राईले ‘कुनैपनी क्षेत्रमा काम गर्न जोखिम मोल्नै पर्छ । उनले साहित्यिक यात्रामा जिन्दगिलाइ जोखिममा मोले । आजको यो चर्चा र उपलब्धी त्यसैको परिणाम हो।कुनै बेला घरायसी प्रसंगमा मैले सोधेको थिए तपाई के मा व्यस्त हुनु भयो ? उत्तरमा आयो म ‘यतै अल्मलिए ।’ साच्चै आज यो ऐतिहासिक अवर्णनिय सिर्जना देखेर म जिल्ल परे।यो भन्दा जिन्दगिको कमाइ अरु हुनै सक्दैन। बधाइ शुभकामना भने ।

त्यस्तै ,विशेष अतिथि वरिष्ठ गीतकार तथा पुर्बमन्त्री एस.पि.कोइरालाले ‘गीतहरुलाइ समाजले मनोरंजनको साधन मात्र भनेर हेला गरेको पाइन्छ,यो गलत छ । तर,गीत समाजको शक्तिशाली आँखा ,माध्यम हो।यसकुरालाइ शुभ मुकारुङको सिर्जनाले सावित गर्दछ । करिब तीन दशकको साहित्यिक यात्रामा अझ यो गीति संग्रहले समाज स्पस्ट कोर्दछ । भोजपुरको माटोको बिरुवा हो उनि ‘भन्दै बधाइ शुभकामना प्रस्तुत गरे । प्राज्ञ तथा वरिष्ठ साहित्यकार राजन मुकारुङले ‘यो पुस्तकले शुभलाइ अल्मलाएको होइन,उभाएको छ । मैले समाजको चेत खोल्नुपर्छ भन्ने जिम्मेवारी प्रदान गरेको छ।अझ बधाइ शुभकामना’ व्यक्त गरे ।

आफ्नो सिर्जना बारे बोल्दै स्रष्टा मुकारुङले ‘यतै अल्मलिए भन्ने साहित्यिक सिर्जना क्षेत्रमै अल्मलिए भन्ने पनि हो । गीतको एउटा शीर्षक पनि हो । मैले मेरो सिर्जनाबारे आफैले यस्तो लेखे उस्तो लेखे भन्न मिल्दैन,त्यो यहाँहरुले अनि दर्शक स्रोताले भन्नेकुरा हो । मैले जीवन यापन र लोक सन्दर्भमा लेखेको छु, सधै हौसला ,सुझाव दिनु भएकै छ धन्यवाद, यसपटक पनि हौसला, सुझाबको साथसाथै सुझाब, कमिकमजोरी पनि पाउछु भन्ने आशा गर्दछु भन्दै गीतकार संघ नवनिर्वाचित पदाधिकारीहरुको नाम लिदै बधाइ तथा शुभकामना भने।

कार्यक्रमको अध्यक्षता गीतकार संघ नेपाल अध्यक्ष वरिष्ठ गीतकार वसन्त बित्यासी थापाले गरेका थिए भने गीतकार संघ उपाध्यक्ष वरिष्ठ गीतकार रमेश कोइरालाले उद्घोषण ले गरेका थिए । कार्यक्रममा विभिन्न गीतकार,संगीतकार,सन्चारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT