पत्रकार भण्डारीलाई भारतमा सम्मान

Post Views: 1
पत्रकार भण्डारीलाई भारतमा सम्मान
ADVERTISEMENT

काठमाण्डौ । नेपालका पत्रकार बैकुण्ठ भण्डारी भारतमा सम्मानित भएका छन् । कृषि पत्रकार महासंघका अध्यक्ष बैकुण्ठ भण्डारीलाई भारतको मधुवनीमा उत्कृष्ट कृषि पत्रकारिता अवार्डबाट सम्मान गरिएको छ सतत भविष्यका लागि नवीन कृषि सन् २०४७ सम्म बिकसित भारत रणनितिको मूल नारा सहित एसके चौधरी शिक्षा न्यासद्वारा आयोजित ९ ओेैं अन्तर्राष्ट्रिय मेगा कृषि महासम्मेलनका अवसरमा भारत सरकारका खाद्य उपभोक्ता मन्त्री लेसी सिंहले मधुवनीमा आयोजित एक बिशेष कार्यक्रममा आइतबार भण्डारीलाई सो अवार्ड प्रदान गरिएको हो ।

२६ बर्षदेखि पत्रकारितामा क्रियाशील भण्डारी कृषि बिषयलाई मात्र समेटिएर प्रकाशन भएको नेपालको पहिलो कृषि साप्ताहिकका संस्थापक सम्पादक समेत हुन् । कृषि पत्रकार महासंघका अध्यक्ष समेत रहेका भण्डारीलाई पत्रकारिताका माध्यमबाट कृषि तथा खाद्य सुरक्षाका बिषयमा सञ्चार वकालत गर्दै नेपाली किसानका हकहितमा कलम चलाउँदेै आईरहेको योगदानलाई कदर गर्दै न्यासले सो अवार्ड प्रदान गरेको हो ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT