इस्लामावाद । पाकिस्तानमा च्याम्पियन्स ट्रफीको दौरान सैन्य क्यान्टोनमेन्टमा भएको भीषण आक्रमण भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित बन्नु क्यान्टोन्मेन्टमा भएको यस हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन् । यसैबीच पाकिस्तानी सुरक्षा अधिकारीहरूले ६ आतङ्ककारीलाई पक्राउ गरेका छन् । खोरासान डायरीको रिपोर्ट अनुसार बन्नु क्यान्टोनमेन्टमा तीन तर्फबाट आक्रमण भएको थियो ।
मंगलबार राति दुई आत्मघाती हमलाकारीले क्यान्टोनमेन्टको मुख्य चेक प्वाइन्टमा विस्फोटक पदार्थ बोकेको गाडीमा विस्फोट गराए भने अर्को आत्मघाती आक्रमणकारीले अर्को गेटमा विष्फोट गराएको थियो । त्यसपछि अन्य आक्रमणकारीले आक्रमण गरेका थिए । आतंककारीहरूले ग्रेनेड र भारी फायरिङ प्रयोग गरेर खाली ठाउँमा प्रवेश गर्ने प्रयास गरेका समाचारमा उल्लेख छ । यस अवधिमा तीन आक्रमणकारी मारिएको र स्थानिय समाचरका अनुसार चार सुरक्षाकर्मी पनि गोलि लागेर घाइते भएका छन् ।
Add Comment