स्पोर्ट-मनोरञ्जन

भरतीय देशभक्त अभिनेता, रायटर, डाईरेक्टर तथा लेखक मनोज कुमारको निधन

मुम्बई । बलिउडका दिग्गज अभिनेता मनोज कुमारको आज अप्रिल ४, शुक्रबार बिहान निधन भएको छ । ८७ वर्षीय प्रसिद्ध अभिनेताले मुम्बईको अंधेरीस्थित कोकिलाबेन अस्पतालमा अन्तिम सास लिनुभयो ।

बलिउडका दिग्गज अभिनेता मनोज कुमारको आफ्नो प्रभावशाली अभिनयले उनले दशकौंसम्म दर्शकको मनमा राज गरे । आफ्नो लामो फिल्मी करियरमा मनोज कुमारले धेरै किसिमका फिल्ममा काम गरे तर उनलाई विशेषगरी ती फिल्मका लागि सम्झिन्छन्, जसमा समाज र देशसँग सम्बन्धित महत्वपूर्ण विषय उठाइयो । मनोज कुमारको फिल्मको लोकप्रियताको सबैभन्दा ठूलो कारण उनको उत्कृष्ट संगीत थियो ।

आज पनि भारतमा १५ अगस्ट वा २६ जनवरी जस्ता राष्ट्रिय चाडपर्वमा उनको फिल्मका गीतहरू जताततै सुनिन्छन् । मनोज कुमारमाथि बनेको ‘हे प्रीत जहाँ की रीत सदा’, ‘मेरे देश की धरती सोना उगले’ जस्ता गीतहरू अहिले पनि मानिसको मनमा जीवित छन् । मनोज कुमारको निधनले भारतीय चलचित्र जगतमा ठुलो क्षति पुगेको छ ।