Home » Sample Page » भक्तपुर । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको अध्यक्षमा रेणुत्वानाबासु सहित सात सदस्यीय नयाँं कार्यसमिति निर्वाचित
विविध

भक्तपुर । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको अध्यक्षमा रेणुत्वानाबासु सहित सात सदस्यीय नयाँं कार्यसमिति निर्वाचित

भक्तपुर । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको सातौ वार्षिक साधारणसभा तथा पाँंचौ अधिवेशन बुधबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशन रेणु त्वानाबासु अध्यक्ष रहने गरी नयाँं कार्यसमिति िनिर्वाचित गरी सम्पन्न भएको छ । त्वानाबासुको अध्यक्षतामा सात सदस्यीय नयाँं कार्यसमिति चुनिएको हो । संघको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मणिराम लामिछाने, सचिवमा विकुराम तजले, सहसचिवमा राजन कार्की, कोषाध्यक्षमा प्रेमध्वज मोक्तान र सदस्यहरुमा राजाराम नापित र सुनिल दुवाल रहेका छन् ।

यसअघि साधारणसभा तथा अधिवेशनको उदघाटन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले केन्द्रिय अधिवेशन फागुन २४ गते नवलपुरमा हुन लागेको जानकारी गराए । संघ स्थापना दिन पारेर फागुन २४ गते नवलपरासी जिल्लाको नवलपुरमा अधिवेशन हुन लागेको जानकारी उनले गराए ।

कार्यक्रममा संघका ललितपुर जिल्ला अध्यक्ष उपेश नौवागले पार्टी पत्रकारिताको वीचमा पनि स्वतन्त्र संघले कठोरतापूर्वक कार्य गरिरहेको जानकारी गराए । भक्तपुरका निवर्तमान अध्यक्ष सुरेश सैंजू, संघ पोखराका पूर्व अध्यक्ष कृष्ण रानाभाट, भक्तपुरका सल्लाहकार कृष्ण किसीलगायतले पत्रकार बन्नु त स्वतन्त्र बन्नुः स्वतन्त्र नै हो पत्रकार भन्नु भन्ने मुल नारालाई साथर्कताका साथ लान सकून भनी शुभकामना मन्तव्य व्यक्त गरे ।

अधिवेशनले सात जना पार्षद् पनि निर्वाचित भए । निर्वाचित हुने पार्षद्हरुमा निवर्तमान अध्यक्ष सुरेश सैंजू, सल्लाहकार कृष्ण किसी, संगम लामा, पृथ्वीराज श्रेष्ठ, शान्त लाकजू, इन्द्र तामांग र रत्न प्रजापति रहेका छन् ।