Home » Sample Page » बासले ग¥यो अर्धबार्षिक समिक्षा
Uncategorized

बासले ग¥यो अर्धबार्षिक समिक्षा

नेपालगन्ज । सुशासनको क्षेत्रका क्रियाशिल संस्था बास नेपालले संस्थाको अर्धबार्षिक समिक्षा तथा योजना तर्जुमा बैठक नेपालगन्जमा सम्पन्न गरेको छ । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको समिक्षा तथा योजना तर्जुमा बैठकमा संस्थाले चालु आर्थिक बर्ष २०८२÷०८३ को ६ महिनामा भएका प्रगति र आर्थिक प्रश्तुतीकरण, छलफल गरी पारित गरेको छ भने आगामी ६ महिनाको योजना तर्जुमा गरेकोछ । समिक्षा तथा योजना तर्जुमा बैठकमा संस्थाले चालु आर्थिक बर्षको साउन देखि पौष सम्म गरेको प्रगति तथा आर्थिक प्रश्तुतीकरण बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने संस्थाले पहिलो छ महिनामा हासिल गरेका उपलब्धी र आगामी योजनाका बारेमा बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए ।

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले ग्रिन नेपालगन्ज सामुदायिक फोहोर रुपान्तर परियोजनाको प्रगतिको बारेमा प्रश्तुतीकरण गरेका थिए । बास नेपालका महासचिब कल्पना अधिकारीले सञ्चालन गरेको समिक्षा तथा योजना तर्जुमा बैठकमा संस्थाले गरिरहेका कार्यहरु र भावि योजनाका बिषयमा केन्द्रीय कार्यसमिति पदाधिकारी र कर्मचारीहरुले आआफ्नो धारणा राखेका थिए । समिक्षा तथा योजना तर्जुमा बैठकमा सहभागि केन्द्रीय पदाधिकारी र कर्मचारीलाई धन्यबाद ज्ञापन सहित बैठकको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए ।

बास केन्द्रीय समितिलाई अभिमुखिकरण बास नेपालका केन्द्रीय पदाधिकारीहरुलाई संस्थागत नीति, निर्देशिका तथा कानुन बारे अभिमुखिकरण गरिएको छ । बास नेपालको ५२औं पूर्णकालिन बैठकको क्रममा देशभरीबाट नेपालगन्ज पुगेका केन्द्रीय पदाधिकारीहरुको सहभागितामा उक्त अभिमुखिकरण गरिएको हो । बास नेपालको परिमार्जित विधानका बारेमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र बास नेपालको रणनैतिक योजना र नीति, निर्देशिकाको बिषयमा निर्देशक हेमराज भट्टले प्रश्तुतीकरण गरेका थिए । बास नेपालका केन्द्रीय महासचिब कल्पना अधिकारीले सञ्चालन गरेको अभिमुखिकरणको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए ।