समाचार

तनहुँमा हाईस दुर्घटना, ८ जना घाइते

तनहुँ — तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.प्र.०१–००१ ख ०१७१ नम्बरको हाईस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको छ।

दुर्घटनामा हाईसमा सवार १२ जनामध्ये ८ जना घाइते भएका छन् भने ४ जना सकुशल रहेका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

लक्ष्मी अस्पताल, डुम्रेमा उपचाररत घाइतेहरू:

  • रमेश क्षेत्री (३२), खजुरा–२, बाँके — घाटी, ढाड र दाहिने हातमा चोट, अवस्था मध्यम।
  • शशीकला अधिकारी (५६), नागार्जुन–१, काठमाडौं — घाटी र कुम्मामा चोट, अवस्था मध्यम।
  • दयाराम पोखरेल (५५), पोखरा–११, कास्की — दाहिने हातमा चोट, अवस्था सामान्य।
  • तारा सुब्बा (३५), भद्रपुर–१, झापा — ढाड र कम्मरमा चोट, अवस्था सामान्य।
  • नविन खड्का (२७), दुङ्गेश्वर–२, दैलेख — ढाडमा चोट, अवस्था सामान्य।
  • उज्वल यादव (१७), खडक–४ अमाहा, सप्तरी — अवस्था सामान्य।

प्रदेश अस्पताल, दमौलीमा उपचाररत घाइतेहरू:

  • माधव प्रसाद जोशी (२९), जयपृथ्वी नगरपालिका–२, बझाङ — अवस्था सामान्य।
  • जीवन जोशी (२४), बित्थडचिर गाउँपालिका–८, बझाङ — अवस्था सामान्य।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।