समाचार

बर्दियामा ५ लाख ६० हजार रुपैयाँ बराबरको खरबुजाको बिउ बरामद

बर्दिया — सशस्त्र प्रहरी बलको बिओपि फुटाहा, बिओपि जमुनी र नेपाल प्रहरीको संयुक्त टोलीले बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा स्थित सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा खरबुजाको बिउ बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार २०८३ साउन ८ गते गरिएको संयुक्त अपरेशनका क्रममा अन्दाजी रु. ५ लाख ६० हजार बराबरको २८ बोरा (१,१२० केजी) खरबुजाको बिउ बरामद गरिएको हो।

बरामद गरिएको बिउ आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।