विविध

विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ स्थित श्री अमरसिंह माध्यमिक विद्यालयमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ निवासी ३८ वर्षीय प्रकाश अधिकारी रहेका छन्। उनी विद्यालयमा कार्यरत शिक्षक हुन्।

प्रहरीका अनुसार साउन ६ गते बिहान करिब १०ः१५ बजे विद्यालयमै एक विद्यार्थीमाथि कुटपिट भएको भन्दै उजुरी परेको थियो। उजुरीपछि इलाका प्रहरी कार्यालय पथरी र अस्थायी प्रहरी पोस्ट हसन्दहबाट खटिएको टोलीले साउन ९ गते शिक्षक अधिकारीलाई पक्राउ गरेको हो।

पक्राउ परेका शिक्षकलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।