रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित चिलिमे पुल नजिक पासाङ ल्हामु सडकखण्डमा शनिबार साँझ एक ईभी भ्यान त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको ‘अन टेस्ट’ ईभी भ्यान साँझ करिब ५:४० बजे सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेको हो।
दुर्घटनामा बेपत्ता हुने चालक रसुवाको कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सबिन तामाङ रहेका छन्।
हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा बेपत्ता चालक र नदीमा खसेको ईभी भ्यानको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment