विविध

सर्लाहीको सीमावर्ती क्षेत्रबाट रु. ७ लाख ५७ हजार स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको नेपाली नगद रु. ७ लाख ५७ हजार सहित एक जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवाबाट खटिएको टोलीले शनिबार उक्त रकमसहित ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

बरामद गरिएको नगद, मोटरसाइकल तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।