१० वर्ष लामो प्रेम सम्बन्धपछि रोनाल्डो र जर्जिनाको विवाह

१० वर्ष लामो प्रेम सम्बन्धपछि रोनाल्डो र जर्जिनाको विवाह

काठमाडौँ । विश्व चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका तथा मोडल जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्।

पोर्चुगलमा आयोजित नागरिक समारोहमा रोनाल्डो र जर्जिनाले विवाह गरेको बताइएको छ। रोनाल्डोले सामाजिक सञ्जालमा विवाहको औँठी लगाएका दुई हातको तस्बिर सार्वजनिक गरेपछि उनीहरूको विवाहको खबर बाहिरिएको हो।

पोर्चुगिज सञ्चारमाध्यमका अनुसार उनीहरूले अगस्ट ११ मा लिस्बननजिकैको तटीय शहर कास्काइसमा विवाह गरेका हुन्। समारोहमा उनीहरूका पाँच सन्तान पनि सहभागी भएको बताइएको छ।

रोनाल्डो र जर्जिना करिब १० वर्षदेखि सम्बन्धमा थिए। उनीहरूको पहिलो भेट म्याड्रिडस्थित गुच्चीको पसलमा भएको थियो, जहाँ त्यतिबेला जर्जिना काम गर्थिन् र रोनाल्डो रियल म्याड्रिडबाट खेलिरहेका थिए।

गत वर्ष अगस्ट ११ मै उनीहरूले आफ्नो इन्गेजमेन्ट सार्वजनिक गरेका थिए। जर्जिनाले त्यसबेला ठूलो हिराको औँठी देखाउँदै विवाहका लागि सहमति जनाएकी थिइन्।

रोनाल्डोले आफ्नो लामो फुटबल करियरमा स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस, अल नासर तथा पोर्चुगल राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। उनी पुरुष विश्वकपमा सर्वाधिक पटक सहभागी हुने खेलाडीमध्ये एक हुन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply